पहिरोले घर पुरिँदा दुईको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 21 July 2020

पहिरोले घर पुरिँदा दुईको मृत्यु

दार्चुला, ६ साउन : मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर पस्तीमा घर पुरिएर दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका–५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन गाउँपालिका–८ का वडा सदस्य केशवसिंह धामीले जानकारी दिनुभयो । उनीहरुको घरभित्रबाट शव निकालिएको छ । 

सोही घटनामा परी घरधनी ३५ वर्षीया लक्ष्मी ढोली, नौ वर्षीय छोरा शुभम र १४ वर्षीया छोरी सोनिया घाइते भएका छन् । तीन जनालाई स्थानीय र प्रहरीले घरभित्रबाट जीवितै उद्धार गरेको स्थानीय अनिल खत्रीले जानकारी दिनुभयो । घाइते लक्ष्मी र छोरी सोनियाको थप उपचारको लागि हेलिकप्टर ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो । 

बिहान ३ बजेतिर घरमाथिबाट पहिरो आएको हो । पहिरोमा पुरिएर मृत्यु भएका मिलन र अर्जुन दाजुभाइ हुन् । उनीहरु गौरापर्वको लागि लुगा सिउन शङ्करपुर पस्ती आएका हुन् । घाइतेको अहिले शङ्करपुर स्वास्थ्यचौकी पस्तीमा उपचार भइरहेको छ । यस्तै पहिरोले सुविरसिंह धामी र हरसिं धामीको पसलमा क्षति पुगेको छ ।(रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.