पूर्वपश्चिम राजमार्ग अवरुद्ध - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 27 July 2020

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

गोदावरी, १२ साउन  : कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । कैलालीको दर्बगोरियास्थित बौनियामा आज बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन् । 

स्थानीयवासीको अवरोधपछि गन्तव्यका लागि हिँडेका सवारीसाधन बौनिया बजारमै रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । बौनियामा आज बिहान ना ६ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको थियो । ट्रक र चालक सूर्यराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।(रासस)

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.