रातो खोलाले बगाएर एक बेपत्ता - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 21 July 2020

रातो खोलाले बगाएर एक बेपत्ता

जलेश्वर, ६ साउन : यहाँको रातो खोलाले आज एक स्थानीय व्यक्तिलाई बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीका अनुसार महोत्तरी जिल्लाको भंगहा नगरपालिका –६ बस्ने ४० वर्षीय वरेन्द्र कापरलाई बिहान करीब साढे १० बजे खोलाले बगाएको हो ।

धनुषाको जनकपुरबाट साइकलमा चढी आफ्नो घर जाँदै गरेका कापर बलवा नगरपालिका–११ स्थित भगवतीपुर र कविलासाका बीचमा पर्ने खोला सवारी साधन काँधमा राखी तर्न लागेपछि अचानक आएको बाढीले बगाई बेपत्ता भएका हुन् ।

कापरलाई सयौंँ स्थानीयवासी र प्रहरीको टोलीले व्यापक खोजतलास गरे पनि अझै फेला परिनसकेको प्रहरीले जनाएको छ ।(रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.