झापामा पहिरोले घर भत्काउँदा एक जनाको ज्यान गयो - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 22 July 2020

झापामा पहिरोले घर भत्काउँदा एक जनाको ज्यान गयो

झापा, ७ साउन : झापामा पहिरोले घर भत्काउँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । 

गएराति बुद्धशान्ति गाउँपालिका-७ मोतीडाडाँमा तेजकुमार बराईलीको घर पहिरोले भत्किँदा पाहुना लाग्न गएका झापा मेचीनगर नगरपालिका-९ का १५ वर्षका विवेक दर्नालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पहिरोले घर भत्किँदा घाइते भएका तीन जनाको स्थानीय मेडिकल लिभी होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.