काठमाडौँमा युवतीमाथि एसिड प्रहार - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 23 July 2020

काठमाडौँमा युवतीमाथि एसिड प्रहार

काठमाडौँ, ८ साउन : ओखलढुंगाकी २२ वर्षीया युवतीमाथि काठमाडौंको बाफलमा एसिड प्रहार भएको छ ।बिहीबारराति पौने ९ बजे ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथिमाथि एसिड प्रहार भएको हो । उनलाई तत्कालै कीर्तिपुरस्थित एक अस्पतालमा लगिएको छ । 

एसिड हान्‍ने मानिसको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले बताउनुभयाे ।

एसिड आक्रमणमा परेकी युवती हायत होटलको एकाउण्ट शाखामा कार्यरत हुन्। बाफलमा जुजु धौ र चिउरा किनेर फर्किंदै गर्दा आक्रमण भएको प्रहरीले जनाएको छ।

उनको गालामा एसिड लागेको छ। प्रहरीका अनुसार उनको अवस्था सामान्य नै रहेको छ। उनले एसिड प्रहार गर्ने व्यक्तिलाई आफूले नचिनेको बताएकी छन्।

प्रहरीले सीसीटिभि फुटेजबाट ती युवकको पहिचान गरेर खोजी तिब्र बनाएको जनाएको छ। युवतीले भने कसैसँग आफ्नो रिसिबी नरहेको बताएकी छन्।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.