भान्जा अपहरण गरेर हत्या गर्ने मामा १३ वर्षपछि पक्राउ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 19 July 2020

भान्जा अपहरण गरेर हत्या गर्ने मामा १३ वर्षपछि पक्राउ

काठमाडाैँ, ४ साउन : भान्जाको अपहरण गरी हत्या गर्ने एक जना १३ वर्षपछि पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेशकुमार गुप्तालाई पक्राउ गरेको हो । 

महाशाखाको टोलीले उनलाई सर्लाहीको मलङ्गवा नगरपालिका ८ गोरखकालीबाट पक्राउ गरेको महाशाखाका एसएसपी दीपक लामाले बताउनुभयो । अभियुक्तले दुई लाख ५० हजार फिरौती मागेका थिए । पछि दुई लाख रुपैयाँमा कुरा मिलेको थियो । 

यद्यपि अभियुक्त आफैले फिरौतीबापतको दुई लाख रुपैयाँ त्रिभुवन पार्कमा लिएर गएको एसएसपी लामाले बताउनुभयो । शव व्यवस्थापनपछि छठ मान्न जान्छु भनेर उनी भारत गएको र उतै बसेको उहाँले जानकारी दिनुभयाे । घटनामा संलग्न धादिङका विष्णु सुनारलाई प्रहरीले गएकाे मङ्सिर १२ गते पक्राउ गरेको थियो । उनकाे बयानकाे आधारमा गुप्ताको खोजी भइरहेकाे थियो ।

२०६४ असोज २४ गते खिचापोखरी बस्ने रोहित गुप्ता (भान्जा) लाई राजेशकुमार (मामा) ले अपहरण गरी हत्या गरेका थिए । शव तीन दिनपछि मात्रै फेला परेको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.