धरान बजारमा आगलागी, ११ वटा पसल जले - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 27 July 2020

धरान बजारमा आगलागी, ११ वटा पसल जले

धरान, १२ साउन : धरानको पालिका तरकारी बजारमा आज विहान आगलागी भएको छ । धरान उपमहमानगरपालिका– ३ स्थित पालिका तरकारी बजारमा विहान करिब ५ बजेदेखि लागेको आगो लागेकाे हाे ।

आगो धरान उपमहानगरपालिकाको दमकल र स्थानीयबासीले नियन्त्रणमा लिएका छन् । पालिका तरकारी बजारमा भएको आगलागीमा परेर ११ भन्दा बढी पसल जलेर नष्ट भएको स्थानीयले जनाएका छन् ।

बजारको अघिल्लो भागमा रहेको कस्मेटिक पसल तथा फलफुल पसलको लाइनमा पूर्ण रुपमा क्षति पु¥याएको छ । आगलागीको कारण भने खुल्न बाँकी छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.