युवतीमाथि एसिड प्रहार गरेको आशंकामा दुई युवा पक्राउ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 24 July 2020

युवतीमाथि एसिड प्रहार गरेको आशंकामा दुई युवा पक्राउ

काठमाडौँ, ९ साउन : वाफलमा एक युवती माथि एसिड प्रहार गरेको आशंकामा प्रहरी दुई जनालाई घटना भएको केही घण्टामा नै पक्राउ गरेको छ । सो घटना हुने वित्तिकै महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरी अपराध अनुसन्धान महाशाखाको संयुक्त टोली परिचालन भएको सो क्रममा दुई अभियुक्तलाई डल्लुबाट पक्राउ गरिएको महानगरी प्रहरी परीसरका प्रमुख श्यामलाल ज्ञावलीले बताउनुभयो ।

पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमै बस्ने मुन्न मोहमद रहेको खुलेको छ । निज युवती पसलबाट दही किनेर फर्कदै गर्दा मोटरसाइकलमा आएका युवकले मोटरसाकलमा घर पु¥याइ दिन्छु भनेको र उनले नजिकै हो पर्दैन भने पछि केही पर पुगेर फेरि फर्किएर आएर एसिड प्रहार गरेको पाइएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताउनुभयाे ।

घटना हेर्दा केटाले एकतर्फी रुपमा मन पराएको जस्तो देखिएको र केटीसँग पनि फोनमा सम्पर्क हुने गरको देखिएको छ ।

गए राती घटना भए लगतै प्रहरीका विभिन्न तहबाट दुईसय जना जति प्रहरी परिचालन भएको र सीसी क्यामेरामा कैद भएको दृष्यहरुका आधारमा पनि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुहाेस्

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.