कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४५ पुग्यो - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 25 July 2020

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४५ पुग्यो

काठमाडाैँ, १० साउन : नेपालमा कोरोना भाइरसबाट थप एक जनाको ज्यान गएको छ ।

वीरगञ्जको नारायणी कोरोना विषेश अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएनुभएकी १७ वर्षीया किशोरीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बाराकी ती किशोरीको हिजो निधन भएको हो भने हिजो नै कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ। 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.