भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १२ लाख नाघ्यो - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 23 July 2020

भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १२ लाख नाघ्यो

काठमाडाैँ, ८ साउन : भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ लाख नाघेको छ । 

गएको २४ घण्टामा अहिलेसम्मकै धेरै ४५ हजार ५ सय ९९ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै भारतमा सङ्क्रमितको सङ्ख्या १२ लाख ३९ हजार ६ सय ८४ पुगेको छ । भारतमा गएकोे पाँच दिनमा मात्रै झण्डै २ लाख सङ्क्रमित थपिएका हुन् । 

भारत विश्वकै तेस्रो धेरै तथा एशियामा सबैभन्दा बढी सङ्क्रमित भएका देशको सूचीमा छ । सङ्क्रमितमध्ये अहिलेसम्म ७ लाख ८४ हजार २ सय ६६ जना निको भएका छन् भने २९ हजार ८ सय ९० जनाको ज्यान गएको छ । 

गएको २४ घण्टामा मात्रै १ हजार १ सय २० जनाको ज्यान गएको छ । यस्तै सबैभन्दा धेरै अमेरिकामा, सङ्क्रमितको सङ्ख्या ४१ लाख नाघेको छ । अमेरिकामा ४१ लाख ८ सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । १९ लाख ४२ हजार निको भएका छन् ।

अमेरिकामा १ लाख ४६ हजार १ सय ८३ जनाको ज्यान गएको छ । त्यस्तै सङ्क्रमितमध्ये धेरै हुने देशको सूचीमा दोस्रो स्थानमा रहेको ब्राजिलमा २२ लाख ३१ हजार ८ सय ७१ जना सङ्क्रमित रहेका छन् । 

त्यहाँ १५ लाख ३२ हजार १ सय ३८ जना निको भएका छन् भने ८२ हजार ८ सय ९० जनाको ज्यान गएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.