विराट नर्सिङ होममा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 27 July 2020

विराट नर्सिङ होममा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

विराटनगर, १२ साउन : विराटनगरको विराट नर्सिङहोम (विराटनगर अस्पतालमा) कार्यरत थप चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार अस्पताल सञ्चालकलाई संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेरका ५८ जनाको पीसीआर जाँच गर्दा चारजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो ।

विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा अस्पतालमा कार्यरत चार जना नर्समा कोरोना संक्रमण देखिएको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले पुष्टि गर्नुभयाे  ।

गत मंगलबार अस्पताल सञ्चालक तथा डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई संक्रमण देखिएको थियो । डा. कार्कीलाई संक्रमण पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङ्गमार्फत सर्म्पकमा रहेका २ सय २७ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरू मध्ये चार नर्समा कोरोना पोजेटिभ देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताउनुभयाे ।

अन्यको रिपोट नेगेटिभ छ । ‘पहिलो चरणमा ५८ जनाको स्वाब संकलन गरिएको थियो,’ जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले भन्नुभयाे, ‘दोस्रो चरणमा १६९ जना स्वाब लिएको हो ।’

स्वाब संकलन गरिएको मध्ये चार जना नर्समा कोरोना देखिएपछि उनीहरूको सम्र्पकमा रहेका २६ जना सम्र्पकमा रहेको कन्ट्रयाक टेसिङ्ग मार्फत देखिएकोेल स्वाब संकलन गरिने तयारी गरिएको कार्कीले जानकारी दिनुभयाे।

संक्रमित मध्ये एकजना कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी विराट नर्सिङ होममा आङसिक रुपमा कार्यरत थिइन । उनी गाइनो विभागकी नर्स हुन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.