काेराेना सङ्क्रमित महिलाकाे उपचारकाे क्रममा पाटन अस्पतालमा मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 31 July 2020

काेराेना सङ्क्रमित महिलाकाे उपचारकाे क्रममा पाटन अस्पतालमा मृत्यु

ललितपुर, १६ साउन : पाटन अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएकाे छ । उहाँको शुक्रबार बिहान ज्यान गएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले पुष्टि गर्नु भएको हो ।

अस्पतालका निर्देशक शर्माका अनुसार अस्पतामा उपचार गराइरहेकी ६५ वर्षीया महिलाको मृत्यु भएकाे हो । अस्पतालका निर्देशक शर्माका अनुसार कोरोना सङ्क्रमणसँगै ती महिलालाई उच्च रक्तचापकाे समस्या पनि थियो ।

गएको ६ गते अस्पताल भर्ना भएकी उहाँको स्टार अस्पतालमा कोरोना परीक्षण भएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उहाँको पाटन अस्पतालमा उपचार भइरहेको थियो । वीरगञ्जबाट काठमाडाैँ आएसँगै उहाँमा रुघाखोकीलगायतकाे समस्या देखिएको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.