८ स्वास्थ्यकर्मी सहित १९ जनामा कोरोना संक्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 27 July 2020

८ स्वास्थ्यकर्मी सहित १९ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, १२ साउन  :  वीरगञ्जमा ८ स्वास्थ्यकर्मी सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा आईतबार राती अबेर आएको रिर्पोटमा ८ स्वास्थ्यकर्मी सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्ज स्थित गण्डक कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएका एक वृद्ध , ८ स्वास्थ्यकर्मी सहित पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।

संक्रमित हुनेहरुमा नारायणी अस्पतालको सर्जिकल वार्डमा कार्यरत ४३ वर्षिय कर्मचारी , गण्डक अस्थायी कोभिड अस्पतालमा कार्यरत ३४ वर्षिय कर्मचारी , एपोलो अस्पतालमा कार्यरत ३४ वर्षीय कर्मचारी त्यस्तैगरी पर्सागढी नगरपालिकाको बढनिहार क्वारेन्टिन रहेका २३ तथा २८ वर्षिय महिला स्वास्थ्यकर्मी र ३७,४२,४५ वर्षिय पुरुष स्वास्थ्यकर्मी रहेका छन् ।

अन्य नयाँ फेला परेका संक्रमितहरुमा वीरगञ्ज– ६ माईस्थान २ नं रोडका ९ वर्षीय बालक, ४० वर्षीया महिला र १२ वर्षीया बालिका त्यस्तैगरी वीरगञ्ज–१४ का ३० वर्षीय, गण्डकका ३२ वर्षीय, वीरगञ्ज–११ श्रीपुरका ४५ वर्षीय, वीरगञ्ज–२ छपकैयाँका २५ वर्षीय र सखुवाप्रसौनी गाउँपालिका–२ श्रीपुर पचगावाँका ४० वर्षीय पुरुष रहेका छन् । वीरगञ्ज–६ रेशमकोठीका ३२ वर्षीय पुरुष त्यस्तैगरी पर्साको पर्सागढी नगरपालिकास्थित बढनिहार क्वारेन्टिनमा रहेका पाँच जना स्वास्थ्यकर्मी , पर्सागढी–३ का ३५ वर्षीयसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्सा जिल्लामा यसअघि २ सय ४२ जना संक्रमति फेला परेकोमा १९ जना नयाँ थप भएर २६१ पुगेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.