नयाँ सेवा सुविधासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भदौ १ गतेदेखि सञ्चालन हुन्छः मन्त्री भट्टराई - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 31 July 2020

नयाँ सेवा सुविधासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भदौ १ गतेदेखि सञ्चालन हुन्छः मन्त्री भट्टराई

काठमाडौँ, १६ साउन :  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ सेवा सूविधासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताउनुभएकाे छ । शुक्रबार विमानस्थलको निरीक्षण गरेका मन्त्री भट्टराईले विमानस्थलमा निर्माण भइरहेका पूर्वाधारको निर्माण कार्य सम्पन्न भइसकेकोले भदौ १ गतेदेखि नयाँ सेवा सूविधासहित विमानस्थल सञ्चालनमा आउने बताउनुभएकाे हाे ।

कोभिड १९ का कारण ४ महिनासम्म विमानस्थल बन्द रहँदा धेरै पूर्वाधारहरु निर्माण भएको र विमानस्थलको धावनमार्ग ३ सय मिटर बढाइएकाले अब अवतरण र उडान दुवैमा थप सुरक्षा कायम हुने मन्त्री भट्टराईले बताउनुभयाे । त्यस्तै १५ सय क्षमताको प्रस्थान हल निर्माण गर्ने कार्य पनि सम्पन्न भइसकेको उहाँले बताउनुभयाे ।

विमानस्थलमा पार्किङ स्थलहरु पनि थपिएकाले आकासमा जहाज होल्ड गर्नुपर्ने अवस्थालाई केही हदसम्म कम गर्ने विश्वास समेत मन्त्री भट्टराईले गर्नुभयाे । यसअघि विमानस्थलमा जहाज पार्किङ कम हुँदा आकासमा जहाज होल्ड गर्नुपर्ने अवस्था रहेको थियो । विमानस्थलमा लगेज बेल्टहरु पनि थपिएका छन् ।

सरकारले भदौ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । त्यसैले विमानस्थलको अवस्था निरिक्षण गर्न मन्त्री भट्टराई विमानस्थल पुग्नुभएकाे हाे । उहाँले भौतिक दुरी कायम गरी विमानस्थल सञ्चालन गर्ने सम्बन्धमा आवस्यक तयारी पुरा गर्न विमानस्थल प्रशासनलाई निर्देशन दिनुभएकाे छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.