पूर्व डिआइजी कोइरालालाई माफी दिने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 26 July 2020

पूर्व डिआइजी कोइरालालाई माफी दिने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने

काठमाडौँ, ११ साउन : सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने भएको छ ।

न्यायाधीशहरू बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश सुनाएको हो ।

सशस्त्र प्रहरीका पूर्व डिआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.