आजको राशिफल।। आज वि.सं. २०७७ साउन १६ गते शुक्रवारकाे राशिफल - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 31 July 2020

आजको राशिफल।। आज वि.सं. २०७७ साउन १६ गते शुक्रवारकाे राशिफल

वि.सं. २०७७ साउन १६। शुक्रवार। इ.स. २०२० जुलाई ३१। ने.सं. ११४० गुँलाथ्व। श्रावण शुक्लपक्ष। द्वादशी, २२:४९ उप्रान्त त्रयोदशी।

आजको राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। सहयोगीहरूले हिम्मत दिलाउनेछन् र चिताएको काम पनि सम्पादन हुनेछ। व्यापार–व्यवसायमा स्रोत जुटाउने समय छ। मिहिनेतले आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा काम थाल्न समय लाग्नेछ। तापनि मिहिनेत गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। केही चुनौती देखिए पनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

सिंह 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। मिहिनेत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। आफन्तले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)  समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काम खर्चिलो हुनाले कर्जा बढ्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ।

कुम्भ 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)  बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.