सामाजिक कार्यमा रमाइलो ग्रुप - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 27 July 2020

सामाजिक कार्यमा रमाइलो ग्रुप

बिर्तामोड, १२ साउन : रमाइलो ग्रुप परिवार बिर्तामोडले बृद्धाश्रममा रहेका आमाबुबाका लागि खाद्यवस्तु वितरण गरेको छ ।  आइतबार विश्व आमाबुबा दिवसको उपलक्ष्यमा रमाइलो ग्रुप परिवार बिर्तामोडले बृद्धाश्रममा रहेका आमाबुबाका लागि खाद्यवस्तु वितरण गरेको हाे ।

सामाजिक सञ्जालमार्फत संगठित रमाइलो ग्रुप परिवारको सदस्यहरुबाट संकलित रुपैयाँबाट आयोजित विशेष कार्यक्रममा बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रमा आश्रित ३६ जना आमाबुबाहरुका लागि चामल, दाल, तेल र फलफूल वितरण गरेको ग्रुपका एडमिन नीता घिमिरेले जानकारी दिनुभयाे । 

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै परोपकारी कार्य गर्न उद्देश्यले गठित रमाइलो ग्रुप परिवार निर्मण गरिएकाे बताउँदै एडमिन घिमिरेले साे अवसरमा केन्द्रमा रहनुभएका सबै आमाबुबाहरुलाई सम्मान गरिएको बताउनुभयाे ।

रमाइलो ग्रुप परिवार सामाजिक सञ्जालमार्फत संगठित भएकाे छ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.