थप २२४ सङ्क्रमित पुष्टि, कुल १९ हजार ७७१ सङ्क्रमित - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 31 July 2020

थप २२४ सङ्क्रमित पुष्टि, कुल १९ हजार ७७१ सङ्क्रमित

काठमाडाैँ, १६ साउन : पछिल्लो २४ घण्टामा दुई सय २४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १९ हजार सात सय ७१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ५१ जना काेराेना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार निकाे भएर घर फर्किनेसहित अहिलेसम्म १४ हजार तीन सय ९९ जना उपचारपछि निकाे भएका छन् । 

नेपालमा अहिले पाँच हजार तीन सय १६ जना सक्रिय सङ्क्रमित रहेकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयाे । 

पछिल्लाे २४ घण्टामा १० हजार सात सय ६८ जनाको पीसीआर विधिमार्फत परीक्षण भएको छ । याेसँगै अहिलेसम्म तीन लाख ७५ हजार चार सय १६ जनाको पीसीआर विधिबाट काेराेना परीक्षण भएको छ भने १२ हजार एक सय ११ जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.