प्रचण्ड निवासमा स्थायी कमिटीको बैठकका विषयमा आन्तरिक छलफल - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 27 July 2020

प्रचण्ड निवासमा स्थायी कमिटीको बैठकका विषयमा आन्तरिक छलफल

काठमाडौँ, १२ साउन : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चलिरहेको बेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा आन्तरिक छलफल भएको छ। सोमबार बिहान भएको छलफलमा मंगलबार बोलाइएको स्थायी कमिटीको बैठकबारे छलफल भएको र बैठक नरोक्ने निष्कर्षमा समेत पुगेको खुमलटार स्रोतले जानकारी दिएको छ ।

छलफलमा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत केही स्थायी कमिटीको सदस्यहरुको समेत सहभागिता रहेको थियो। पटक-पटक स्थगित हुँदै आएको स्थायी कमिटीको बैठकमा कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको बताइएको छ । पार्टीभित्रको विवाद चर्कंदै गएपछि सहमति खोज्नका लागि स्थगित गरेको बैठकपछिको सहमतिको प्रयासपनि असफल भएपछि बहुमतको आधारमा स्थायी कमिटीबाटै निर्णय गरेर अघि बढ्ने तयारी भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असार १४ गतेको अभिव्यक्तिपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टीभित्रको विवाद चलिरहेको बेलामा प्रधानमन्त्री ओललीको सक्रियतामा नेकपा एमाले दर्ता प्रक्रिया अघि बढएको अध्यक्ष दाहालले सार्वजनीक रुपमै बताइसक्नुभएकाे छ  । पार्टीलाई विधि र पद्धतिमा चलाउनका लागि ओलीले एक पद छाड्नैपर्ने दाहाल नेपाल समूहको माग छ । तर, प्रधानमन्त्री ओली दुवै पदबाट राजीनामा नदिने पक्षमा हुनुहुन्छ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.