पार्टीलाई एकताबद्ध बनाउनु अहिलेको अपरिहार्यता हो : प्रधानमन्त्री ओली - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 22 July 2020

पार्टीलाई एकताबद्ध बनाउनु अहिलेको अपरिहार्यता हो : प्रधानमन्त्री ओली

काठमाडौँ, ७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसमा आज एक सन्देश मार्फत् पुष्पलालको वैचारिक मार्गदर्शनमा मुलुकलाई अग्रसर गराउने संकल्प गर्दै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा बाम–लोकतान्त्रिक आन्दोलन र रुपान्तरणका व्यवस्थित विचारमा पुष्पलालसँग जुनसुकै राजनीतिक धारका भएपनि समकालीन नेताहरुमध्ये अरु कसैको तुलना हुन नसक्ने उल्लेख गर्नुहुँदै यो नेपालको बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको श्रेष्ठ पक्ष भएको बताउनुभएको छ ।

सन्देशमा प्रधानमन्त्री ओलीले पुष्पलालकै अगुवाईमा कम्युनिस्ट आन्दोलनको संस्थागत थालनी, समाजको तात्कालीन अवस्थाको गहिरो विश्लेषण, नेपाली समाज र राजनीतिलाई मार्गदर्शन गर्ने विचार, दर्शन र संगठनको स्थापना भएको स्मरण गर्नुभएको छ ।

विचारका हिसावले नेपाल कुन अवस्थामा छ, नेपालमा गर्नु पर्ने के हो र कसरी अगाडि वढ्ने भन्ने व्यवस्थित वैचारिक मार्गदर्शन अघि सार्दै पुष्पलालले सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनालाई राजनीतिक उद्देश्य बनाउनु भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रुपमा पुष्पलालले अघि बढाउनु भएको बताउनुभएको छ ।

प्रधानमन्त्रीले नेकपाले पुष्पलालको सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम गरिरहेको र विभाजित कम्युनिस्ट आन्दोलन एकतावद्ध, राष्ट्रब्यापी र मजबुत भएको र करिव दुईतिहाई बहुमतका साथ प्रमुख स्थान हासिल गरेको उल्लेख गर्नुहुँदै पुष्पलालको जुन सांगठनिक राजनीतिक चाहना थियो, त्यो आज धेरैहदसम्म पूरा भएको बताउनुभएको छ ।

देशलाई समृद्ध बनाउने साधन पार्टी हो र पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकतावद्ध भएर अघि बढ्नु अपरिहार्य भएको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.