नेकपाका अध्यक्ष ओली–प्रचण्डबीच भेट, आन्तरिक समस्या समाधान गर्ने प्रयास जारी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 24 July 2020

नेकपाका अध्यक्ष ओली–प्रचण्डबीच भेट, आन्तरिक समस्या समाधान गर्ने प्रयास जारी

काठमाडाैँ, ९ साउन : आन्तरिक किचलोमा अल्झिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटघाट भएको छ । 

शुक्रबार बिहान ११ बजेपछि दुई अध्यक्षबीच एक घन्टा छलफल भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयाे । 

दुई अध्यक्षबीच करिब ४५ मिनेट वार्ता भएकोे थियो । दुई अध्यक्षबीचको वार्ता सकारात्मक रहेको अध्यक्षका सचिवालयले जनाएको छ ।दुई अध्यक्षबीच यही साउन ६ गतेपछि भएको यो पहिलो भेट हो । 

नेकपाको स्थायी कमिटी बैठकमा कुरा नमिल्दा बैठक सरिरहेको छ । स्थायी कमिटि बैठक यही साउन १३ गते ११ बजेकालागि सारिएको छ । स्थायी कमिटि बैठक अघि दुई अध्यक्षबीच सहमतिका लागि वार्ता भइरहेको हो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.