वन पुनःस्थापना अभियान, २८ हजार बिरुवा रोपियो - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 22 July 2020

वन पुनःस्थापना अभियान, २८ हजार बिरुवा रोपियो

दाङ, ७ साउन : वन पुनःस्थापना अभियानअन्तर्गत मङ्गलबार घोराही उपमहानगरपालिका–२ स्थित गौरी सामुदायिक वनमा वृक्षरोपण गरिएिको छ । वन विनास भएर खण्डहर बनेको उक्त क्षेत्रलाई पुनः वनमा फर्काउने उद्देश्यले ६० बिघा क्षेत्रफलमा २८ हजार विभिन्न प्रजातिका बिरुवा रोपिएको हो । 

‘चुरे पुनःस्थापन अभियान सफल पारौँ’ भन्ने मूल उद्देश्यले वृहत्तर वृक्षरोपणअन्तर्गत सामुदायिक वन उपभोक्ता समूहका सदस्य, जनप्रतिनिधिदेखि प्रतिनिधिसभाका सांसदसम्मले एकैपटक सो क्षेत्रमा वृक्षरोपण गरेका छन् । मौवा, आँप, खयर र बाँसका गरी करिब २८ हजार बिरुवा रोपिएको हो । भूक्षयका कारण खण्डहर बनेको सो क्षेत्रमा बिरुवा रोपिएसँगै भूक्षय रोकिनुका साथै वन जोगिने र आयआर्जनको गतिलो माध्यम बन्ने अपेक्षा गरिएको छ । 

विभिन्न कारणले वन विनास भई खाली भएका वन क्षेत्रहरुमा वृहत्तर वृक्षरोपण अभियान थालेर वन पुनःस्थापना अभियान थालेको डिभिजनल वन अधिकृत दीपक ज्ञवालीले बताउनुभयो । उहाँले यो अभियानअन्तर्गत यस वर्ष १६० हेक्टर क्षेत्रफलमा वन पुनःस्थापना गरिने जानकारी दिनुभयो । (रासस)

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.