नेकपा स्थायी कमिटी बैठक १ बजे - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 21 July 2020

नेकपा स्थायी कमिटी बैठक १ बजे

काठमाडौँ, ६ साउन : आज बिहान ११ बजेका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक अपराह्न १ बजेका लागि सरेको छ । आन्तरिक विवादमा सहमति खोज्न शीर्ष नेताबीच छलफल भइरहेकाले यसअघि पनि बैठक पटक पटक सर्दै आएको छ । नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाका अनुसार बैठक दिउँसो १ बजेका लागि सरेको हो ।

पार्टी र सरकारको समन्वय, शक्तिको बाँडफाँट, सीमा सुरक्षा, नागरिकता विधेयक, एकताका बाँकी काम, अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) सम्झौता अनुमोदन आदिबारे स्थायी कमिटीमा कार्यसूची राखिएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र अन्य नेताबीच विभिन्न चरणमा छलफल चल्दै आएको छ । स्थायी कमिटीको बैठक गत असार १० गतेदेखि शुरु भएको थियो ।(रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.