नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, अन्तरबिरोधको समाधान हुने अपेक्षा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 18 July 2020

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, अन्तरबिरोधको समाधान हुने अपेक्षा

काठमाडाैँ, ३ साउन : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । पार्टी एकतामा गम्भिर संकट देखिएपछि सचिवालयबाटै सहमति गर्ने उद्देश्यसहित अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’को सहमतिमा बैठक बसेको हो ।

अहिले गहिरिएको अन्तरबिरोधको समाधान गरेर स्थायी समितिबाट अनुमाेदन गर्ने तयारीसहित सचिवालय बैठकले निर्णय गर्ने समझदारी बनेकाे छ ।

आजै सचिवालय बैठकअघि दिउँसो १ बजेबाट ओली र प्रचण्डबीच बालुवाटारमै करिब दुई घण्टा छलफल भएको थियो । बिहीबार भएको छलफलमा ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच शुक्रवार स्थायी समिति बैठक नरोक्ने र भदौ पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाउने समझदारी जुटेको थियो ।

गत १० असारबाट सुरु भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा प्रमुख एजेण्डा बनेपछि १७ असारयता छैठौं पटकसम्म बैठक स्थगित गरेर शीर्ष तहमा छलफल हुँदै आए पनि सहमति जुटेको छैन । त्यसकै कोसिसका लागि अहिले सचिवालय बैठक जारी छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.