नारायणगढ -मुग्लिन सडक एकतर्फी खुल्यो - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 21 July 2020

नारायणगढ -मुग्लिन सडक एकतर्फी खुल्यो

भरतपुर, ६ साउन : सडकमा खसेको पहिरो पन्छाएपछि नारायणगढ मुग्लिन सडक एकोहोरो सञ्चालनमा आएको छ । सोमबार विहानदेखि अवरुद्ध भएको यो सडक डिभिजन सडक कार्यालय भरतपुर र मुग्लिनबाट आएका लोडरले पहिरो पन्छाए पछि राजमार्ग खुला गरिएको हो ।

सडकको पहिरो पन्छाउन तीन वटा लोडर परिचालन गरिएको ट्राफिक प्रहरी सुर्दशन श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठ नारायणगढ मुग्लिन सडकमै सवारी साधन व्यवस्थापनमा जुट्नु भएको थियो ।

“पहिलो चरणमा अहिले ‘वान–वे’ सडक खोलेका छौ विस्तारै दुवै तर्फ खोल्ने छौ”, श्रेष्ठले भन्नुभयो । दुवै तर्फ सडक खोल्न भने भोलिसम्म समय लाग्ने बताइएको छ ।

नारायणगढ मुग्लिन सडककै नारायणगढ मुग्लिन सडकको चार किलो र चोर खोलामा झरेको पहिरो मंगलबार सफा गरेर एकोहोरो सवारी साधन चलाइएको हो ।

यही राजमार्गको १७ किलोमा ५ मिटर सडक त्रिशुलीमा भासिए पनि यो क्षेत्रमा बाँकी चार मिटर रहेकाले अहिले नै एकोहोरोे सडक सञ्चालन भैरहेको छ ।

तराईका जिल्लाबाट काठमाडांै जोड्ने मुख्य सडक नारायणगढ मुग्लिन सडक सोमबारबाट बन्द हुँदा हजारांै सावारी साधन बीचबाटोमै अलपत्र परेका थिए ।

राजमार्ग खुला भएसँगै सवारी साधनहरु गन्तव्यतर्फ गएका छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.