लकडाउन डायरी : निजी विद्यालय शिक्षककाे अनुभव - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 20 July 2020

लकडाउन डायरी : निजी विद्यालय शिक्षककाे अनुभव

पुष्कर पाेख्रेल
लकडाउनले सबै क्षेत्रलाई असर गरेकाे छ । लकडाउन नै काेराेना संक्रमणकाे राेकथामका लागि एकमात्र विश्वव्यापी उपाय बनेपछि नेपालमा पनि गत चैत ११ गतेदेखि हालसम्म निरन्तर लकडाउन कायम छ । अहिले केही खुकुलाे गरेर अर्थतन्त्र चलायमान बनाउने प्रयास भएपनि शिक्षण संस्थाकाे नियमित पठनपाठन राेकिएकाे छ । विद्यालय तहकाे नयाँ शैक्षिक सत्र सुरु हुने समय र अन्य तहकाे परीक्षा मुखमा रहेकाे अवस्थामा शिक्षण संस्था बन्द भए ।  त्यसयता  विद्यालयकाे नियमित पठनपाठन राेकिएकाे छ भने वैकल्पिक माध्यमबाट सञ्चाल भइरहेकाे शिक्षण सिकाइ पनि  निजी क्षेत्रले अहिले स्थगित गरेका छन् । निजी  विद्यालय सञ्चालकले  विद्यार्थीबाट वैकल्पिक विधिबाट गरिएकाे  शिक्षणकाे शुल्क  नियमित साे सरह  लिन पाउनुपर्ने भन्दै वैकल्पिक  विधिबाट भइरहेकाे  शिक्षण सिकाइ राेकेका हुन् ।  विद्यार्थीबाट शुल्क  लिन पाउनुपर्ने माग राखेका सञ्चालकले अहिलेसम्म पनि शिक्षकलाई नियमित तलब दिनतिर धेरै विद्यालय माैन बसेका छन् । यस्ताे बेलामा निजी विद्यालयमा कार्यरत शिक्षकहरु कुन मनाेविज्ञान लिएर बसेका छन् भन्ने विषयमा केन्द्रित भएका याे पहिलाे अंक :

धरानका कलेज तथा निजी विद्यालयमा अध्यापन गर्दै आउनुभएकाे छ शिक्षक संजिव उदास । विगत दुइ दशकभन्दा बढी समय शिक्षण पेशामा संलग्न उहाँकाे भनाइ अनुसार लकडाउनले सबैभन्दा बढी समस्यामा  निजी विद्यालयका शिक्षकहरु रहेका छन् । लकडाउन लम्बिरहेकाे अवस्था र विद्यालय सञ्चालन हुने अनिश्चितताका कारण  शिक्षकहरु बाच्ने आधार पनि नरहेको अबस्थामा पुगेकाे अनुभव उहाँ र उहाँका सहकर्मी साथीहरुले गर्न थालेकाे बताउनुहुन्छ ।

सरकारले  निजी विद्यालय सञ्चालककै पक्षमा मात्रै काम गरेकाे र त्यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीकाे संरक्षणमा कुनै चासाे र राहतकाे व्यवस्थापनमा ध्यान दिन नसकेकाे उहाँले गुनासाे गर्नुभयाे । "लागानीकर्ता अर्थात स्कुल संचालकहरुले त लगानी गरे अनुसार नाफाको राम्रो प्रतिशतत कमाइरहेकै हुन! त्यस अलावा हेन्डसम एमाउन्टमा पारिश्रमिक पनि छुट्याएकै हुन्छन् त्यसैबाट अहिलेकाे स‌ंकट समाधान गर्न उनीहरु सक्षम छन् । तर त्यहाँ कार्यरत शिक्षक र कर्मचारीहरु भने दयनीय अवस्थामा पुगेका छाै‌ं ।", शिक्षक उदास भन्नुहुन्छ, "एक त न्युनतम पारिश्रमिकमा काम गर्थें, बचत कम हुन्थ्याे । त्यसमाथि अहिले लकडाउनपछि पारिश्रमिक पाइएकाे छैन। आफ्नो मेहनत र श्रम मात्रै बर्सौ लगानी गरेकाे विद्यालयले नै अहिले बाच्ने आधारसमेत बनाउन सकेन । दुख लाग्छ । "

उहाँका अनुसार सरकारले निजी विद्यालयलाई कम्पनीको रूपमा संचालन गर्न दिनु नै गलत भएकाे र त्यस कारण नै  शिक्षा क्षेत्र सेवामूलक हाेइन नाफामूलक भनिदै आएकाेमा अहिले छर्लङ्ग पुष्टि भएकाे छ । याे  विषम परिस्थितिमा आफ्ना शिक्षक र कर्मचारीलाई सहयाेग गर्ने सम्बन्धमा न सञ्चालकले ध्यान दिन सके न प्याव्सन तथा एन प्याव्सनले नै शिक्षककाे कठिन अवस्थामा स‌ंकट निवारणमा नै चासाे  दिएका छन् । शिक्षक उदास भन्नुहुन्छ, "अहिलेको अवस्था भनेको चै शिक्षक मरेर शिक्षा बचाइ रहेको अबस्था छ। सरकार गम्भीर भएन भने सहज भएको अबस्थामा  ९० प्रतिशत  शिक्षक विदेश पलायन हुने निश्चित छ।"

अहिले देखापरेकाे काेराेना संक्रमणकाे महामारी र त्यसपछिकाे लकडाउनका कारण धेरै शिक्षकले अब जीवन कसरी धान्ने, परिवार कसरी पाल्ने ? जस्ता समस्यले सताउन थालेकाे शिक्षकहरु बताउँछन्  । अब अनिस्चितता बढ्ने क्रम रहि रह्यो भने फेरि पनि म शिक्षण पेसा नै गर्छु र ? भन्ने सम्मकाे दुविधा उत्पन्न हुन थालेकाे निजी  विद्यालयका शिक्षकहरु बताउँछन्  ।

***
गाेरखा ‌स्थायी घर भइ चितवन बस्ने बिकल पोख्रेल शिक्षण पेशामा हुनुहुन्छ। बिगत पाँच बर्षदेखि पढाउँदै आउनुभएका उहाँ गणित बिषयका शिक्षक हुनुहुन्छ। चितवनको अरोमा सेकेन्डरी स्कुलमा पढाउने उहाँको दाइ पनि शिक्षक भएकोले उहाँमा पनि सानैदेखि शिक्षक बन्ने इच्छा थियो र शिक्षक पेशा नै रोज्न पुग्नुभयाे।

लकडाउन कै कारण उहाँ पनि आफ्नो घर फर्कीनुभयाे। त्यो बीचमा उहाँ लगभग सय दिन घरमा बसेको बताउनुहुन्छ। तर उहाँले घरकाे बसाइलाई सदुपयाेग गरेकाे बताउनुहुन्छ । कार्यव्यस्तताले घरबाट टाढा हुनुपर्ने कारण साथीहरुवीच भेटघाट कम हुने गरेकाेमा यस लकडाउनले भेटघाट र पुनर्मिलनकाे अवसर दिएकाे उहाँकाे अनुभव छ ।

त्यतिमात्र हाेइन उहाँले विद्यालयमा आैपचारिक पढाउने अवसर नमिले पनि घरमा रहेकाे बेला गाउँकै भाइ बहिनिहरुलाई ट्युसन पढाउने अवसर जुटाउनुभयाे र उहाँले खाली समय बिताउनुभएन । गाउँमा ईन्टरनेट पहँच नभएका कारण विद्यालयकाे अनलाइन शिक्षण कार्यमा उहाँ सुरुका दिनमा लाग्न सक्नुभएन । तर साे समयमा पनि गाउँमै ट्युसन पढाएर उहाँले समयकाे सदुपयाेग गर्नुभयाे । लकडाउनले धेरैले जागिर गुमाउन बाध्य भइरहेकाे अवस्थामा पनि उहाँ भने बैकल्पिक आय आर्जन गर्न सफल हुनुभयाे । उहाँका अनुसार उहाँले चैतकाे पूरै तलब  लिइसक्नुभयाे र अन्य महिनाकाे पनि २५ प्रतिशत तलब  विद्यालयले  दिने भएकाे छ । अहिलेभने उहाँले चितवन फर्किएर अनलाइनकाे माध्यमबाट वैकल्पिक कक्षा लिइरहनुभएकाे छ ।

केही सीमित शिक्षकले भने याे लकडाउनलाई सदुपयाेग गरेपनि अधिकांश शिक्षकहरु पहिलाे प्रतिनिधि पात्रकाे अवस्थाबाट गुज्रिरहेकाे छर्लङ्ग पार्न पाेखराका  शिक्षक शशिधर बरालले तयार पार्नुभएकाे याे तलकाे रचनाबाट प्रष्ट हुन्छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.