सप्तकोशीमा पानीको बहाव उच्च, प्रतिसेकेन्ड ३ लाख ४२ हजार क्युसेक पानीको बहाव, सतर्क रहन आग्रह - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 21 July 2020

सप्तकोशीमा पानीको बहाव उच्च, प्रतिसेकेन्ड ३ लाख ४२ हजार क्युसेक पानीको बहाव, सतर्क रहन आग्रह

धरान, ६ साउन : पहाडी क्षेत्रमा भएको अविरल वर्षासँगै सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । मंगलबार बिहान गरिएको मापनअनुसार सप्तकोशीको ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ४२ हजार ९७० क्युसेक पुगेको छ । ब्यारेजका ५६ मध्ये ४७ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ ।

पानीको बहाव बढेसँगै सप्तरी र सुनसरी सीमामा बस्नेहरुलाई स्थानीय प्रशासनले सतर्क रहन भनेको छ । जलस्तर बढेपछि बाँध भत्काउने र पानी ओभरफ्लो भएर बस्तीमा पस्ने खतरा हुन्छ । चतरामा पानीको सतह घटेकोले मंगलबार दिउँसोदेखि भने ब्यारेजमा पनि पानीको सतह घट्ने अनुमान गरिएको छ । 

चीनमा रहेको केरुङ च्छो ताल फुट्ने चेतावनी सँगै सुनसरी र सप्तरीमा कोशी किनारमा समेत त्रास छाएको छ । फुटेपछि भोटेकोसीमा मिसिने तालको पानी सप्तकोशी नदीमा मिसिने भएकोले यस क्षेत्रका स्थानीयमा नदी एक्कासी बढ्ने त्रास छाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.