इनफ इज इनफका अभियान्ताहरु पक्राउ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 31 July 2020

इनफ इज इनफका अभियान्ताहरु पक्राउ

काठमाडाैँ, १६ साउन : काठमाडाैँका विभिन्न ठाउँबाट इनफ इज इनफका अभियान्ताहरु पक्राउ परेका छन् । 

दरबारमार्ग, नक्साल, महाराजगञ्ज लगायत ठाउँबाट ४५ जनाभन्दा धेरै अभियान्ताहरु पक्राउ परेकाे अभियन्ता रविक उपाध्यायले उज्यालोलाई जानकारी दिनुभयो । पक्राउ पर्नेमा रन्जु दर्शना, आलोक सुवेदी, सौरभ कार्की, पवन मल्ल, नवराज उप्रेर्तीलगायत छन् । 

सरकार विरोधी प्रदर्शनका लागि बालुवाटार जाने क्रममा अभियन्तालाई बाटोबाटै पक्राउ गरिएको उपाध्यायको भनाइ छ । उनीहरु १२ बजेको पूर्वनिर्धारित शान्तिपूर्ण प्रदर्शनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदै थिए ।

कोरोना रोकथाममा सरकारले प्रभावकारी कदम नचालेको भन्दै उनीहरुले लगातार सरकारको विरोध गर्दै आएका छन् । पीसीआर परीक्षण बढाउनुपर्ने, क्वरेण्टीनकाे व्यवस्थापन राम्रो बनाउनुपर्ने, विदेशबाट आएकाको स्वास्थ्य तथा क्वरेण्टीनमा बस्नका लागि उचित प्रबन्ध मिलाउनुपर्नेलगायत मागसहित उनीहरु १४ दिनदेखि सत्याग्रहमा छन् ।

पक्राउ परेका अभियन्ताहरुलाई महाराजगञ्जमा राखिएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.