‘इनफ इज इनफ’का अभियन्ताले पुन: प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्दै - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 31 July 2020

‘इनफ इज इनफ’का अभियन्ताले पुन: प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्दै

काठमाडाैँ, १६ साउन : ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले प्रधानमन्त्रीनिवासअगाडि प्रदर्शन गर्ने तयारी  गरेकाे छ । सहमति र मागप्रति सरकारले बेवास्ता गरेको भन्दै शुक्रबार १२ बजे पहिलाजस्तै प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्ने निष्कर्षमा पुगेकाे अभियन्ता आलोक सुवेदीले जानकारी दिनुभयाे ।

शान्तिपूर्ण र सिर्जनात्मक आन्दोलन सरकारले नसुनेपछि अनशनको बाटो रोजेको दाबी गर्ने अभियानका युवा प्रधानमन्त्रीनिवासअगाडि पुन प्रदर्शन गर्ने निष्कर्षमा पुगेका हुन् । कोभिड–१९ रोकथाम र उपचारमा सरकारको काम प्रभावकारी नभएको भन्दै ‘इनफ इज इनफ’ अभियानका युवाहरूले पहिलोपटक २७ जेठमा प्रधानमन्त्रीनिवासअगाडि प्रदर्शन गरेको थिए । 

 प्रधानमन्त्री केपी ओलीले  १८ असारमा अनशनकारी युवालाई भेटेर माग पूरा गर्ने वाचा गरेपनि साे अनुसार प्रगति नभएपछि १३ दिनदेखि  युवाहरू दोस्रो चरणको अनशनमा छन् । 

पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, परीक्षण रिपोर्ट छिटो सार्वजनिक गर्नुपर्ने, क्वारेन्टाइन रणनीति सुधार गर्नुपर्ने, घर पठाउनुअघि परीक्षण गर्नुपर्ने, कोभिड–१९ को सन्दर्भमा अदालतले जारी गरेको आदेश तत्काल कार्यान्वयन गर्नुपर्ने, कन्ट्र्याक ट्रेसिङ गर्नुपर्ने र विज्ञ सुझाब समिति गठन गर्नुपर्ने उनीहरूको माग छ । यसबाहेक अग्रपंक्तिमा खटिएकाको सुरक्षा गर्नुपर्ने, नागरिकलाई राहत र सुरक्षा प्रदान गर्नुपर्ने, जोखिमको जानकारी गराउनुपर्ने, स्वास्थ्य उपचार क्षमतामा वृद्धि गर्नुपर्ने, खर्चको पारदर्शिता र जवाफदेहिता हुनुपर्ने, जोखिमको जानकारी दिनुपर्ने र भएका स्रोत–साधनको प्रयोग गर्नुपर्नेलगायत माग पनि छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.