जगदम्बा इन्टरप्राइजेजका सीईओसहित तीन सङ्क्रमितको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 31 July 2020

जगदम्बा इन्टरप्राइजेजका सीईओसहित तीन सङ्क्रमितको मृत्यु

वीरगञ्ज, १६ साउन  : पर्सामा बिहीबार जगदम्बा इन्टरप्राईजेजका मुख्य कार्यकारी अधिकृत (सीईओ) सहित तीन जना काेराेना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमित जगदम्बा इन्टरप्राईजेजका ५६ वर्षीय सीईओको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।

कोरोना अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित सीईओको केही समयअघि मुटुको बाइपास शल्यक्रिया गरिएको र कोरोना सङ्क्रमण पुष्टि भएपछि साउन ७ गतेदेखि कोरोना अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो । बिहीबार राति पौनै ११ बजे सीईओको मृत्यु भएको डा. सिंहले जानकारी दिनुभयो ।

त्यस्तै, नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा शङ्कास्पद कोरोना सङ्क्रमितको रुपमा साउन १३ गतेदेखि उपचार गराइरहनुभएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६, नगवाका ३५ वर्षीय युवकको बिहीबार मृत्यु भएको थियो । उहाँको बिहीबार बेलुकी ८ बजे उपचारको क्रममा मृत्यु भएको हो । अर्का ७० वर्षीय व्यक्ति भने बिहान मृत अवस्थामा आफ्नै घरमा फेला पर्नुभएकाे हाे । वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गरी बिहीबार राति १० बजे अाएकाे रिपाेर्टमा मृतक दुवैकाे रिपाेर्ट काेराेना पोजिटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनुभयो । 

त्यस्तै, छपकैयास्थित घरमा एक्लै बस्दैआउनुभएका ७० वर्षीय ज्येष्ठ नागरिक बिहीबार बिहान आफ्नै घरभित्र मृत अवस्थामा भेटिनुभएकाे थियाे । राति सुतेकाे उहाँ बिहीबार बिहान नउठेपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय, बिर्ताबाट गएको प्रहरी टोलीले घरको ढोका तोडेर भित्र पस्दा उहाँ कोठामा मृत अवस्थामा हुनुहुन्थ्याे ।

साउन १ गतेदेखि हालसम्म पर्सामा कोरोना सङ्क्रमण भएका १० जनाको मृत्यु भइसकेको छ भने अझ चार जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न डा. निरजकुमार सिंहले जानकारी दिनुभयो । 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.