मंगलबार वीरगञ्जमा मृत्यु भएका संक्रमति वृद्धको शव व्यबस्थापन सेनाले गर्ने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 23 July 2020

मंगलबार वीरगञ्जमा मृत्यु भएका संक्रमति वृद्धको शव व्यबस्थापन सेनाले गर्ने

वीरगञ्ज,  ८ साउन  : श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएर उपचारको क्रममा मृत्यु भएका एक जना ७० वर्षिय वृद्धमा कोरोना क्रमण पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएर उपचारको क्रममा मृत्यु भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ माईस्थानका ७० वर्षीय वृद्धमा कोरोनासंक्रमण पुष्टि भएको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार वीरगञ्जको एडभान्स अस्पतालमा उपचार पश्चात कोरोना भाईरसको संक्रमणको आशंकामा मंगलबार १२ बजे नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पताल पु¥याईएका ७० वर्षिय वृद्धको उपचारको क्रममा ४ बजे मृत्यु भएको थियो ।

मंगलबार अपरान्ह ४ बजे मृत्यु भएपछि गण्डक कोभिड अस्पतालमा स्वाब संकलन गरी शव राखिएको र नारायणी अस्पतालको पीसीआर ल्याबमा जाँच गर्दा बुधबार रिर्पोट पोजेटिभ आएको कोभिड अस्पतालका कोर्डिनेटर डा. सिंहले बताउनुभयो ।

’मृतकमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको , यसअघि छाती, मुटुको समस्या नरहेको , ट्राभल हिष्ट्री समेत नरहेकाले कोरोना कम्युनिटी लेभलमा गइसकेको पुष्टि भएको कोभिड अस्पतालका कोर्डिनेटर डा. सिंहले बताउनुभयो ।

कोभिड अस्पतालमा नै मृतक वृद्धको शव रहेको र नेपाली सेनाले शव व्यवस्थापन गर्ने कार्य सुरु गरेको अस्पतालका कोर्डिनेटर डा. सिंहले जानकारी दिनु भयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.