पर्सामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 31 July 2020

पर्सामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, १६ साउन : पर्सामा चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका सफाइकर्मी सहित थप ४१ जनामा कारोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा बिहिबार राती आएको परीक्षण रिपोट अनुसार ४१ जना संक्रमित थपिएका हुन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायका अनुसार बिहिबार राती अबेर आएको परीक्षण रिर्पोटमा नारायणी अस्पतालका दुुई जना चिकित्सक, दुुई जना स्टाफ नर्स, १ सरसफाई कर्मचारी र नेशनल मेडिकल कलेजका एक जना चिकित्सकमा संक्रमण देखिएको छ । एडभान्स मेडिकेयर र अन्य अस्पतालका स्वाथ्यकर्मीमा समेत संक्रमण देखिएको , दुईवटा औषधि उद्योगका ४ जना कर्मचारी र मास टेस्टिङ्गका लािग रेल्वे माबिमा संकलन गरिएको १ सय १३ स्बाव नमूना परिक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको मेडिकल सुपरिडेन्टेन्ट डा.उपाध्यायले बताउनुभयो ।

बिहिबार राती ४१ जना संक्रमित थपिएसँगै पर्सामा कुल संक्रमितको संख्या ३ सय ९७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । साउन १ गते देखि हालसम्म पर्सामा २ सय ४६ नयाँ संक्रमित थपिएका छन् भने सोही अवधिमा १० जना कोरोना संक्रमितको मृत्यु समेत भईसकेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.