झापामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 31 July 2020

झापामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

सुरुङ्गा, १६ साउन :  झापाको मेचीनगरस्थित काकडभिट्टामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन ११ गते कारभिट्टाको होल्डीङ सेन्टरमा ३२ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरिएकोमा यसमध्ये १२ जनामा संक्रमण देखिएको छ भने २० जनाको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । 

यसभन्दा अघि मेचीनगरमा २० जना शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । समुदायमा कोरोना संक्रमण भएको आंशकामा होल्डिङ सेन्टरमा रहेका ३२ जना शसस्त्र प्रहरी र समुदायका ८५ जनाको स्वाव संकलन भएको थियो ।

मेचीनगरमा मात्र कोरोना सक्रमितको संख्या ८२ पुगेको मेचीनगर नगरपालिकाले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.