थप १०९ जनामा कोरोना संक्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 25 July 2020

थप १०९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १० साउन : विगत २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ४८३ पुगेको छ ।

सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रा.डा.जागेश्वर गाैतमले बताउनुभएको हो । साथै उहाँले बारनकाे परवानीपुर ४ निवासी एक १७ वर्षीया युवतीकाे काेराेनाका कारण मृत्यु भएकाे पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

निज युवतीमा स्वाशप्रश्वसमा समस्या अाएकाे तथा पातलाे दिसा लागेकाे जस्ता लक्षण भएकाे पनि बताउनुभयाे । याे सँगै नेपालमा काेरानाका कारण मृत्यु हुनेकाे संख्या ४५ पुगेकाे छ । मन्त्रालयका प्रवक्ता गौतमले कोभिड–१९ बाट निको हुने दर ७०.६ प्रतिशत पुगेको जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.