एकै परिवारका चारसहित सात जनामा कोरोना संक्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 24 July 2020

एकै परिवारका चारसहित सात जनामा कोरोना संक्रमण पुष्टि

राजविराज, ९ साउन : राजविराज नगरपालिकामा एकै परिवारका चारसहित थप सात जनामा कोरोना संक्रमण  पुष्टि भेटिएको छ । यससँगै जिल्लामा संक्रमितको संख्या ४१८ पुगेको छ ।

राजविराज नगरपालिका वार्ड नम्बर ६ सिरहा रोड स्थित चियानास्ता पसल संचालन गर्दै आएको एकै परिवारका चार जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । चियानस्ता पसलका ६९, २९ र २२ वर्षीय पुरुष तथा ४० वर्षिय महिलामा संक्रमण पाइएको उहाँले बताउनुभयो ।

यसैगरी, राजविराज नगरपालिका वार्ड नम्बर ९ की ५५ वर्षीया महिला र राजविराज नगरपालिका ७ का ७० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भेटिएको निमित्त कार्यालय प्रमुख यादवले बताउनुभयो ।

गत साउन १ गते राजविराज नगरपालिका वार्ड नम्बर ६ का ७३ वर्षीय ब्यापारीको कोरोनाका कारण मृत्यु भएको थियो । उहाँकै छिमेकमा रहेको चियानास्ता पसलका एकै परिवारका चार जनामा कोरोना संक्रमण भेटिएको छ भने अन्य तीन जनामा पनि उहाँकै कन्ट्याक्ट ट्रेसिङ्ग भित्र परेको बताइएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.