विराटनगरको विराट नर्सिङ होम सिल - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 23 July 2020

विराटनगरको विराट नर्सिङ होम सिल

विराटनगर, ८ साउन : अस्पतालका चिकित्सक तथा सञ्चालकलाई कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएपछि विराटनगरस्थित विराटनगर अस्पताल (विराट नर्सिङ होम) सिल गरिएको छ ।

बुधबार अस्पतालको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सकको स्वाब परीक्षण प्रतिवेदन कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो ।

निजी अस्पताल विराटले पहिचान लुकाएर स्वाब कोशी अस्पतालको ल्याबमा परीक्षणका लागि पठाएको थियो । कोशीको ल्याबले पोजेटिभ रिपोर्ट दिएपछि सङ्क्रमितको पहिचान विराटनगर अस्पतालले लुकाएको थियो ।

बुधबारदेखि मोरङ प्रहरी र विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाको टोलिले संक्रमितको खोजि गरेका थिए । पहिचान लुकाएका कारण सङ्क्रमित पहिचान हुन नसकेपछि मोरङ प्रहरीले बुधबार साँझदेखि नै अस्पताल भित्रैका सदस्य भएको हुनसक्ने आशंका गर्दै अनुसन्धान सुरु गरेको थियो । बिहीबार अस्पतालले प्रशासनले सङ्क्रमितको पहिचान खुलाएको थियो ।

बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको बैठकले तत्काल अस्पताल सिल गर्ने निर्णय गरेको थियो । त्यसपछि विराटनगर महानगरपालिकाले अस्पतालक सिल गरेर कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरेको हो ।

विराटनगर महानगरपालिकाका जनस्वास्थ्य प्रमुख रमेश कार्कीले अस्पतालको गेटमा सूचना टाँस गरेर अनिश्चितकालका लागि सिलबन्दी गरिएको जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.