वामदेवलाई ६ बुँदे प्रस्तावमा पुनर्विचार गर्न निकट नेताहरूको सुझाब - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 30 July 2020

वामदेवलाई ६ बुँदे प्रस्तावमा पुनर्विचार गर्न निकट नेताहरूको सुझाब

काठमाडौँ, १५ साउन : पार्टी एकता कायम राख्नका लागि ६ बुँदे प्रस्ताव अघि सारेका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रस्तावमा पुनर्विचार गर्न उनी निकट नेताहरुले सुझाव दिएका छन् । नेकपाका उपाध्यक्ष वामदेव गौतमले सहमतिका लागि अगाडि सारेको ६बुँदे प्रस्तावले अहिलेको अन्तरविरोध समाधान नगर्ने भन्दै निकट नेताहरूले ‘ब्याक’ हट्न सुझाब दिएका छन् । 

बुधबार गौतमनिवास पुगेर केन्द्रीय सदस्यहरू ठाकुर गैरे, रामकुमारी झाँक्री, डा. दीपकप्रकाश भट्ट, रविन कोइराला, जीवनराम श्रेष्ठ, सुरेन्द्र मानन्धरलगायतका तेस्रो तहका युवा नेताहरूले ६ बुँदे प्रस्तावले अहिलेको अन्तरविरोध समाधान नगर्ने भन्दै ‘ब्याक’ हट्न सुझाब दिनुभएकाे हाे ।

गौतमले भने विगतमा प्रधानमन्त्री ओलीलाई साथ दिएर धेरै गल्ती गरेको अनुभूति भए पनि पार्टी विभाजन रोक्ने उद्देश्यले बाध्य भएर त्यस्तो प्रस्ताव सारेको जवाफ फर्काएका बताउनुभएकाे एक नेताले जानकारी दिनुभयाे । 

प्रचण्ड–नेपाल समूहका बहुमत स्थायी कमिटी सदस्यहरूको मंगलबारको बालुवाटार बैठकमा गौतमले प्रस्तुत गरेको ६ बुँदे प्रस्तावमा प्रधानमन्त्री र अध्यक्षमा ओलीलाई निरन्तरता दिने उल्लेख छ । त्यस्तै, प्रचण्डले कार्यकारी अध्यक्षका रूपमा काम गर्ने र पार्टी सचिवालयको परामर्श र निर्णयअनुसार सरकारले महत्वपूर्ण निर्णय गर्नेलगायतका विषय समेटिएका छन् । 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.