बस पल्टिँदा एक जनाको ज्यान गयाे - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 31 July 2020

बस पल्टिँदा एक जनाको ज्यान गयाे

काठमाडाैँ, १६ साउन : काठमाडाैँको स्वयम्भूमा बस पल्टिँदा एक जनाको ज्यान गएको छ । 

स्वयम्भूबाट वनस्थलीका लागि छुटेको बा ४ ख ५९८४ नम्बरको बस पल्टिँदा अन्दाजी २२ वर्षका युवकको ज्यान गएको प्रहरीले जनाएको छ । राति भएको दुर्घटनामा ज्यान गुमाएका युवकको परिचय खुलेको छैन । 

ज्यान गुमाएका युवक बसभित्र थिए वा पैदल यात्रु हुन् भन्ने बारेमा पनि खुलेको छैन । दुर्घटनाबारे बिहान मात्रै थाहा पाएपछि पुगेको प्रहरीको टोलीले अनुसन्धान थालेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.