जीपबाट खसेर मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 22 July 2020

जीपबाट खसेर मृत्यु

वालिङ, ७ साउन : जीपबाट खसेर गम्भीर घाइते भएका बालकको उपचारका क्रममा आज मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान स्याङ्जाको भीरकोट–४ छाङ्छाङ्दीस्थित सिद्धार्थ राजमार्गमा त्रियाशीबाट बयरघारीतर्फ जाँदै गरेको ग१ज ७४४५ नम्बरको जीपबाट खसेर पाल्पाको रम्भा गाउँपालिका–४ बस्ने १६ वर्षीय मनबहादुर सारूको उपचारका क्रममा मृत्यु भएको हो । 

आज बिहान करिब ९ बजेको समयमा जीपको पछाडिको ढालाबाट खसेर गम्भीर घाइते भएका सारूको गह्रौँ प्राथमिक अस्पतालमा उपचार हुन नसकेपछि पोखरास्थित गण्डकी मेडिकल कलेजमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रवक्ता अधिकारीले बताउनुभयो । जीप चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।(रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.